• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

तौल घटाउन चाहानुहुन्छ ? गर्नुहोस् एक काम 

एजेन्सी । यदी तपाई पनि तौल घटाउन चाहानुहुन्छ, तर जिम गएर पसिना बगाउनु, व्यायाम गर्नु र डाइटिङ गर्न चाहानुहुन्न भने तपाईका लागि खुशीको खबर हुनसक्छ । 

यी सबै नगरीकनै तपाई आफ्नो तौल घटाउन सक्नुहुन्छ । त्यसका लागि तपाईले खाली रातमा बिना कपडा सुत्नुपर्ने हुन्छ, सुन्दा अचम्म पर्नु भयो होला । हो, हालै गरिएको एक अध्ययनले यही भन्छ ।

मेरील्याण्डको ‘नेसनल इस्टिट्युट अफ चाइलड हेल्थ एण्ड ह्युमन डिभेलवमेन्ट’ र स्ट्यान्डफर्ड विश्वविद्यालयको संयुक्त अध्ययनले जो व्यक्ति राति बिना कपडा अर्थात् नग्न भएर सुत्छ, उसको शरीरमा थुप्रै सकारात्मक परिवर्तन हुने बताएको छ । 

अध्ययनअनुसार, रातमा न्युड भएर सुत्दा तपाईको तौल घट्ने, यौन जीवन राम्रो बन्ने र निन्द्रा पनि राम्रो लाग्ने हुन्छ । 

यदी तपाईको निन्द्रा गर्मीका कारण खलबलिएको छ भने तपाईको शरीर सामान्य भन्दा बढी कोर्टिसोल उत्पन्न गर्ने, जसले गर्दा भोक बढी लाग्ने अध्ययनमा बताइएको छ । परिणाम स्वरुप तपाईको तौल बढेर जान्छ । 

त्यस्तै, यदी तपाई बिना कपडा सुत्नुहुन्छ भने तपाईको शरीर शितल रहन्छ, जसले फ्याट बर्न हुन्छ र तौल घट्ने सम्भावना बढेर जान्छ । यति मात्रै होइन, न्युड भएर सुत्दा तपाईको आयु पनि बढ्छ । 

जो पुरुष रातमा पाइन्ट, हाल्फ पाइन्ट वा पाइजामा लगाएर सुत्छ, उसले आफ्नो शुक्राणु उत्पादनलाई नोक्साउन पुर्याउन सक्ने पनि अध्ययनमा पत्ता लागेको छ ।

नग्न भएर सुतेमा यौन जीवन पनि राम्रो बनाउन सहयोग गर्ने यस अध्ययनले भन्छ । यदी तपाई पनि बिना कपडा सुत्नुहुन्छ भने यो तपाईका लागि खुशी खबर हुनसक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर