• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

जाडाे माैसम छः बिहानको ८ बजे अघि गरिसक्नुस् यी ८ काम

काठमाडौं । जाडो मौसममा कसैलाई पनि बिहान सबेरै उठ्न मन लाग्दैन । तर, जब कुरा काममा जाने, बालबच्चालाई स्कुल पठाउने हुन्छ, बिहानको समयमा भागदौड बढी हुन्छ र यस समयमा आरामको एक क्षण पनि पाउन असम्भव जस्तो लाग्छ ।

तर, यदि तपाई आफ्नो पूरा दिन ऊर्जाले भरिएको र लाभदायी होस् भन्ने चाहानुहुन्छ भने प्रत्येक दिनलाई फरक तरिकाले जिउनुहोस् ।

आफ्नो प्रत्येक दिनलाई उपयोगी बनाउन बिहान ८ बज्नअघि गर्नुहोस् यी ८ कामः

पूरा निन्द्रा – यदि तपाई थकान महशुस नगरीकनै दिनभर काम गर्न सकु भन्ने चाहानुहुन्छ भने तपाईले कम्तिमा ८ घण्टा सुत्न आवश्यक छ । राम्रो निन्द्राले दिनभर उत्पन्न तनाव र दिनभरमा पिएको चिया–कफीको क्याफिनको मात्रालाई कम गर्ने काम गर्छ ।

ध्यान गर्नुहोस् – नुहाउनु, तयार हुनु र खाजा वा खाना बनाउने जस्ता काम गर्नुहुन्छ भने पनि केही समयका लागि लामो श्वास लिने मेडिटेसन अवश्य गर्नुहोस् । आफ्नो बिहानीको सुरुवात सकारात्मक र खुशीले भरिएको विचारबाट गर्नुहोस् र तपाईले हासिल गर्नुभएको तीन चिजका लागि धन्य महशुस गर्नुहोस् । 

व्यायाम र स्ट्रेचिङ – बिहान व्यायाम गर्नुको अर्थ जिम जानु वा कुनै भारी व्यायाम गर्नु होइन्, तपाई हल्का मांसपेशी तन्काउने व्यायाम गरेर बिहानको सुरुवात गर्न सक्नुहुन्छ । १० मिनेटको सामान्य व्यायाम तपाईको मूड र दिन बनाउन पर्याप्त छ । 

पानी पिउनुहोस् – बिहान उठेपछि एक गिलास पानी पिउनु हाम्रो दिनसँगै स्वास्थ्यका लागि पनि निक्कै महत्वपूर्ण छ । यदि तपाई निन्द्रा भगाउने र फ्रेस हुने प्रयास गरिरहनुभएको छ भने तपाईले चिया वा कफीको ठाउँमा पानी पिउनुहोस् । सादा पानी पिउन मन लाग्दैन भने स्याउ, काँक्रा र कागतीको रस मिसाएर पिउन सक्नुहुन्छ । 

फोन नहेर्नुहोस् – बिहान उठ्ने बित्तिकै फोन हेर्ने वा चलाउने काम पटक्कै नगर्नुहोस् । कम्तिमा बिहानको ८ बजेअघि फोनमा कसैको ई–मेल, म्यासेज र सामाजिक सञ्जाल अकाउन्ट चेक नगर्नुहोस् । मोबाइल फोनलाई बिहानको अखबार नबनाउनुहोस् । 

स्वस्थ्य खाजा – बिहानको खाजालाई दिनको सबैभन्दा महत्वपूर्ण भोजनको रुपमा लिइन्छ । घरबाट निस्कनअघि अवश्य खाजा–नास्ता गर्नुहोस् । बिहान उठेको एक घण्टाभित्र शरीरले स्वस्थ्य खाजा पाउनुपर्छ । यसो गर्नाले तपाईमा दिनभर ऊर्जा रहन्छ । 

दिनका लागि योजना बनाउनुहोस् – आजका लागि तपाई सबैभन्दा महत्वपूर्ण काम के–के हुन्, सूची बनाउनुहोस् । 

राम्ररी तयार हुनुहोस् – अफिसका लागि तयार हुँदाको समयमा कपडा लगाउने र कपाल बनाउने हडबडी नगर्नुहोस् । समयमै सही तरिकाले तयार हुनुहोस् । तपाईको बाहिरी आवरणले तपाईको व्यक्तित्वको केही हदसम्म झल्को दिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर