• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

यी हुन् चिसाे पानीले नुहाउँदाका फाइदा

काठमाडाैँ । शरीरलाई जगाउन चिसो पानी जति प्रभावकारी अरु केही हुँदैन । त्यसले हामीलाई ब्युँझाइ शरीरमा फुर्ती बढाउँछ र दिनभर सक्रिय अनि ऊर्जाशील राख्दछ । तर यसबाहेक चिसो पानीले स्नान अन्त्य गर्नुका अन्य स्वस्थकर फाइदा पनि रहेका छन् । 

यसैले पनि विश्वका अधिकांश कठोर सैन्य ट्रेनिङहरुमा अधिकतम समय चिसो पानीमा बिताउन लगाइन्छ जसका पछाडि वैज्ञानिक कारण रहेको छ । 

चिसो पानीमा नुहाउदा तपाईको बानीमा सकारात्मक सुधार आउने एक अध्ययनले देखाएको छ । यसका फाइदाहरुमा रक्त संचार राम्रो हुन्छ , तनाव कम हुन्छ, उत्साह र जागरुपतामा बृद्धि हुने जस्ता रहेका छन् ।

सधै बिहान उठेर चिसो पानीले नुहाउने बानीले तनाव र चिन्ता कम गराउन मदत गर्छ । बोसो कम गर्न र मांसपेशीलाई मर्मत गर्नका साथै व्यायम पनि गर्दा मांसपेशीहरुलाई मजबुद बनाउन सहयोग गर्दछ ।

यो एक स्पष्ट तथ्य हो की चिसो पानीले हाम्रो छालामा छुदा झनझनावट हुन्छ तर शरीरको तनावमा यसले यस्तो प्रतिक्रिया दिन्छ जसले दिलको धड्कन र रक्तसंचार बढ्दछ ।

अर्को तिर घरेलु स्तरमा पनि चिसो पानीले नुहाउनु सुरक्षित मानिन्छ । चिसोपानीले शरिरलाई कुनै नोक्शान पुर्याउदैन् । तर धेरै बिरामी बुढापाकाको लागि भने असर गर्न सक्छ ।

प्रतिरक्षा प्रणालीको लागि

२०१६ को प्लस वान नामक पत्रिकामा एक अध्ययन छापिएको थियो जसमा कोल्ड सावर को स्वास्थमा पर्ने प्रभाव बताएको थियो । अध्ययन अनुसार ९० दिनसम्म दैनिक लगातार चिसो पानीले नुहाएर गरिएको अध्ययनबाट २९ प्रतिशत मानिसमा सकारात्मक असर पारेको पत्ता लागेको थियो ।

अध्ययनको क्रममा यी मानिसले तातो पानीले सामान्य सावरको अन्तमा उनीहरुले ३०, ६० र ९० सेकेन्डको अवधीको लागि चिसो पानीले नुहाउन भनिएको थियो । सोधकर्ताले कोल्ड सावर लिनाले कुनै फ्लु नहुने, यसको कुनै नकारात्मक असर नपर्ने पत्ता लगाएका थिए र धेरै बेरसम्म नुहाउदा पनि यसको असर पदैन् ।

चिसो पानीले नुहाउदाको खास फाइदा त उनीहरुमा उर्जा बढि भएको महशुस गरेका थिए । चिसो पानीले नुहाउनाले व्यायमपछि हुने दुखाइमा आरम दिने पाइएको थियो । तर यसले काम गर्छ गर्दैन भन्ने वैज्ञानिक प्रमाण छैन् । केही अध्ययनले स्वास्थ्यमा सुधार आउने बताए पनि केही अध्ययनले भने मांसपेशीको अनुकुलन गराउने क्षमतामा कमी ल्याउने बताएका छन् ।

विशेषगरी प्रोफेसनल खेलाडीहरुले यो तरिका अपनाउने गर्छन् । उनीहरुले आफ्नो प्रत्येक ट्रेनिङपछि यही चिसो पानीको थेरापी प्रयोग गर्दछन् । तातो पानीबाट सुरु गरेपनि अन्त्यमा चिसो पानीले स्नान गर्नुले वास्तवमा शरीरमा सेलहरुको मर्मत दर बढाइदिन्छ । 

चिसो पानी शरीरमा पर्नुले हाम्रो छाला र मासुको सतह खुम्चिन थाल्छ जसले रक्तनलीहरुलाई पनि संंकुचित पारिदिन्छ । यसले शरीरका सबै ‘ल्याक्टिक एसिड’ बाहिर निकाल्न मद्दत गर्छ, जसलाई ‘भासोकन्सट्रिक्सन’ पनि भनिन्छ । यसका कारण हामी अर्को दिन राम्रो र चुस्त महसुस गर्दछौँ अनि खेलाडीहरु अर्को ट्रेनिङका लागि शारीरिक रुपमा तयार रहन्छन् । त्यसैले चिसो पानीको स्नानलाई धेरैले थेरापीका रुपमा प्रयोग गर्ने गरेका हुन् । 

विशेषगरी जाडो महिनामा चिसो पानीले नुहाउन कठिन भएपनि सो थोरपीले वास्तवमै हामीलाई स्वस्थ र ऊर्जाशील राख्‍न सक्छ । यसले हाम्रा जोर्नीहरुलाई स्वस्थ राख्नुका साथै शरीर भित्र इन्फ्लामेसनलाई कम गर्न पनि मद्दत गर्दछ । 

त्यस्तै शरीरमा चिसो पानी पर्नुले हाम्रो शरीरका ब्राउन फ्याट सक्रिय हुने हुँदा शरीरमा गर्मी पैदा हुन्छ । यसले तौल नियन्त्रणमा मद्दत पुर्‍याउन सक्ने यसअघिका अध्ययनहरुले देखाएका छन् । 

यसैगरी एक बेलायती अनुसन्धानले पनि चिसो पानीले नुहाउनुले हाम्रो पाचन प्रणालीको गति बढाइदिने र शरीरमा ह्वाइट ब्लड सेलको मात्रा पनि वृद्धि हुने हुँदा रोगहरुसँग लड्ने क्षमता वृद्धि हुने दाबी गरेको छ । साथै चिसो पानीले रक्तसंचारमा सुधार ल्याउने हुँदा मुटु स्वस्थकर रहन सक्ने पनि बताइएको छ । 

तनाव र चिन्ता

विशेषज्ञले भनेका छन यद्यपि कसैलाई कोल्ड शावरले चिन्ता र तनावको समस्या कम गराउन सहयोग गर्छ । चिसो पानीले नुहाउदा शरिरको हानिकारक रसायन तथा हर्मोन शरिरबाट बाहिर निश्कन्छ र व्यक्तिको तनाव कम महशुस हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर