सहिद मार्ग अनुगमन गर्दै रोल्पाका जनप्रतिनिधि वर्षमान पुनले साेधे ‘यो बाटो ढिलो गर्ने नियत हो ?'

मानसिंह विक, रोल्पा । रोल्पा जिल्लाका जनप्रतिनिधि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पा जिल्लाकै गौरवको आयोजना सहिद मार्गको स्थलगत अनुगमन गरेका छन् । 

अनुगमनपछि आयोजना, स्थानीय जनप्रतिनिधिलगायत सरोकारवाला पक्षसँग छलफल गर्दै उनले सडकमा भएको पीच भरपर्दो नहुनु, भत्किएर धुलो र हिलोको अवस्था आउनुले सर्वसाधारण मारमा परेको बताए । 

‘होलेरी घोराही खण्डमा सवैभन्दा समस्या देखियो । पीच भत्कियो । स्पेक अनुसार काम भएन वा के कारणले हो, सडकमा पीच नटिक्नुको कारण के हो ? त्यो तपाईहरुको विषय हो । तर जनताको विषय त पीच भयो तर टिकेन अब फेरि पीच हुनुपर्छ । कि राम्रो पीच गर्नुपरो । कि मर्मत सम्हार गर्नुपरो, छलफलका क्रममा माओवादीबाट निर्वाचित संघीय सांसद समेत रहेका पुनले भने, ‘जनताले त नेतासँग मिलेर पीच राम्रो गरेन अहिले भत्कियो । अहिले तैं चुप मै चुप जस्तो भएको भन्ने जनताको आरोप छ । यसको जवाफ कसले दिने ?’

नेता पुनले स्थानीय तह आयोजना र राजनीतिक तहका बीचमा राम्रो समन्वय गरेर काम गर्नुपर्ने बताए । यही बाटोका लागि जिल्लाका सवै सरोकारवालाको नेतृत्व गर्दै आफैंले प्रधानमन्त्री प्रचण्डलाई भेटेको स्मरण गर्दै उनले आवस्यकता हेरेर थप समन्वय र बजेटको सुनिश्चितताका लागि आफू लागिरहने बताए । 

‘मेरै नेतृत्वमा प्रधानमन्त्रीसँग पनि भेट भएको हो । तर यता काम छिटाे र राम्रो गुणस्तरको हुन सकेन । यो बाटो लम्ब्याईदिन, ढिला गरिदिन खोजिएको हो ? यो प्रश्न त उठ्यो । आयोजनाले यो विषय गम्भिर रुपमा हेरोस । 
यो आर्थिक वर्षको अन्तिमसम्म श्रोत सुनिश्चित गर्ने सल्लाहा भएको थियो । तर अहिले अल्झाउने र ढिला गर्ने काम भएको छ’ नेता पुनले थपे । 

स्थानीय सिमेन्ट कारखानाका टिपरहरुको आवत–जावतका कारण पनि बाटोको पीच भत्कले, खाल्डो पर्ने जस्ता समस्या आएको हुनसक्ने तर्फ संकेत गर्दै उनले टिपरकहरुका लागि टाइम कार्ड वा लोडको सिमितता कायम गर्न पालिकाहरुले पनि अनुगमन गर्नुपर्ने बताए ।

सिमेन्ट उद्योगका लागि अत्याधिक भार बोकेका टिपर चलाउन यो बाटोको डिजाइन नभएको उल्लेख गर्दै उनले त्यसका लागि बैकल्पीक बाटोको व्यवस्था भएको र जनताले दैनिक आवतजावतमा प्रयोग गर्ने बाटोलाई विगार्ने भन्दा हेभी वेट बोक्ने बाटो डिजाइन नै नगरिएकाले फेरी गर्नुुपर्ने बताए । 

छलफलमा उपश्थित जनप्रतिनिधि र आयोजनाका अधिकारीहरुले सहिद मार्गको समस्याबारे नेता पुनलाई जानकारी गराएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर