• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

रुसको चेतावनी: सम्पत्ति जफतको परिणाम नराम्रो हुने

एजेन्सी। विदेशस्थित रुसी सम्पत्ति र सम्पत्ति जफत गर्ने पश्चिमा मुलुकहरूको कुनै पनि प्रयासको जवाफ रुसले दिने रुसी विदेश मन्त्रालयले आइतबार जनाएको छ।

‘हामीले विदेशमा रुसी सम्पत्तिको सम्बन्धमा पश्चिमा देशहरूले एकतर्फी रूपमा चालेका दमनकारी कदमहरूको अवैधानिकताको बारेमा धेरै पटक बोलेका छौं।

‘रुसी महासंघको सम्पत्ति जफत गर्नु गैरकानुनी हो र यसले राष्ट्रहरूको सार्वभौम समानतालगायत अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्त र मान्यताको उल्लंघन गरेको हामीले बारम्बार उल्लेख गरेका छौं,’ रुसी मन्त्रालयलाई उद्धृत गर्दै आरआईए नोभोस्तीले उल्लेख गरेको छ।

यस्तो कार्य ‘सार्वभौम अचल सम्पत्तिमाथिको घोर अतिक्रमण र राज्यहरूको एक समूहले अर्को समूहको सम्पत्तिको सरासर चोरी’ गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले भनेको छ, ‘पश्चिमी गठबन्धन’ देशहरूले रुसी अचल साथै अन्य सम्पत्ति जफत गर्ने उनीहरूको कुनै पनि प्रयासले अनिवार्य रूपमा पर्याप्त र प्रभावकारी प्रतिक्रिया पाउनेछ भनी उनीहरूले बुझेका हुनुपर्छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर