• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

मान्छेलाई कति पैसा भए पुग्छ ?

कुनैबेला ईच्छाराज तामाङ त्रिपुरेश्बरको आफ्नो आलिशान भवनलाई देखाउदै भन्ने गर्थे मैले यो आलिसान भवन त बनाए तर यहिछेऊ रहेको भद्रगोल जेलले भवनको सुन्दरता नै कुरुप बनाएइदिएको छ तर कसलाई समय थाहा थियो कि तिनै ईच्छाराज तामाङ् तेहि भद्रगोल जेलबाट आफ्नो आलिसान भवन हेरेर दिन बिताउछन भन्ने कुरो । 

१) योगेन्द्र भक्त श्रेष्ठ-तत्कालिन नेपाल सेयर मार्केट एण्ड फाईनान्सका सिईओ श्रेष्ठ बैंकका भन्दा धेरै महँगा सिईओ थिए।जुनबेला कमर्शियल बैंकका सिईओले ५/६ लाख तलव खाँदा उनि ९ लाख खान्थे । आफ्नो अधिकारको चरम दुरुपयोग गरी कम्पनीलाई धरासायी बनाए । आफ्नो ब्याक्तिगत स्वार्थको उनले गर्ने प्रमुख काम चाहिं उनले फाईनान्सको पैसाले आफ्नो नाममा सेयर खरिद गर्दथे, फाईदा भयो भने बेचेर नाफा कुम्ल्याउँथे भने घाटा भयो भने उक्त सेयर फाईनान्सलाई जिम्मा लगाईदिन्थे । 

२) पवन कार्की-सुरुमा पेशाले उनी  माछा मासु ब्यवसायी , तारे होटलहरुमा मोटर साईकलमा झुण्ड्याएर माछा, मासु डेलिभरि गर्ने उनी निकै सोझा र भद्र देखिन्थे। आफ्नो ब्यवाहारले जो कोही लाई प्रभावित पार्ने उनी निकै चतुर र धुर्त स्वभावका थिए। पैसाले नै हो पैसा तान्ने भन्ने कुरा राम्रोसँग बुझेका उनले पैसा जुटाउने सजिलो उपाय फाईनान्स देखे । तुरुन्तै क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाईनान्स खोले । छोटो समयमै धेरैको बिश्वाश जितेर अथाहा डिपोजिट थुपार्न सफल भए । उक्त रकम आफु खुशी हुँदै नभएको कम्पनी खडा गरेर , हुँदै नभएको जग्गाको कागजात तयार पारेर ऋण प्रवाह गरे। महको टेलिसिरियल लक्ष्मीको सिको गर्दै पैसा पैसा भन्दै उनी गलत बाटो लागे। आफ्नो कर्तुत सार्वजनिक हुनु पहिलेनै उनि कम्पनी धरासायी बनाएर अमेरिका पलायन भए । ससुरा र आफ्ना आफन्त लाई फसाएर उनि अहिले अमेरिका का सम्मानित नागरिक बनेका छन्, जसका कारण उनि माथिको कारवाहीको प्रयास बर्षौंदेखि छायाँमा छ । 

३) सुधिर बस्नेत-अति उच्च महत्वकाँक्षा बोकेका घरजग्गा ब्यवसायी बस्नेतको सहकारी ओरेण्टल सहकारी भन्ने ब्राण्ड कुनै बैंक भन्दा कम थिएन। सुरुमा लगानीकर्तालाई छोटो समयमै सोचेभन्दा बढी प्रतिफल दिएका बस्नेतले गरेको अन्धाधुन्ध हाउजिङको कारोबारमा तत्कालिन गवर्नर डा। युवराज खतिवडाको घराजाग्गा सम्बन्धी निती सँगै ब्रेक लाग्यो। लाखौं निक्षेप राखेका ठुला ठुला घरानाका ब्याक्तित्वहरु पनि हप्ताको पाँच हजार रकम फिर्ता पाउन मैतिदेबी स्थित कार्यालयबाट धेरै परसम्म लाईन बसेको दृश्य साँच्चै पिडादायी देखिन्थ्यो। 

४) कमल ज्ञावली-ट्यालेण्ट बिद्यार्थीले कक्षा जम्प गरे जस्तो ूगू बर्गको फाईनान्स बाट एकै चोटी ूबाणिज्य बैंकू बनेको किष्ट बैंकका सिईओ ज्ञावलीले एउटा कार्यक्रममा गरेका भाषण सुन्ने मौका मिलेको थियो । निकै प्रभावित पार्ने शैलीको उनको बक्तव्य सुन्दा लाग्दथ्यो कि यिनी नेपालको बैंकिङ सेक्टरका नक्षत्र नै हुन्। सेमिनार पार्टी हरुमा ठुलो जमातको बिच घेरिएर उनि निकै ठुला ठुला कुरा गर्दथे। कतिले त उनलाई भेट्रान दाजुू को उपमा समेत दिएका थिए । उनले पनि अन्तस्त योगेन्द्र भक्त र पवन कार्कीकै बाटो रोजे । नियमन राम्रो भएको सँस्था भएको कारण लगानिकर्ता भने डुबेनन्। अहिले किष्ट आफ्नो अस्थित्व बिलिन भएर प्रभुको शरणमा पुगेको छ। 

५) ईच्छाराज तामाङ-रुसबाट इन्जिनेरिङ पढेर आएको मान्छे घर जग्गा बेबसाहीबाट अथाहा सम्पति कमाए तर उनले आफुलाई समाल्न सकेनन जिन्दगी यत्तिकै बित्छ झै लाग्यो । कोपेरेटिभको पैसा अपचलन गरेर देखाएको शान धेर दिन टिकेन ।

यस्ता अन्य धेरै पात्रहरु मध्ये यी तँ केहि प्रतीनिधी पात्रहरु मात्र हुन ,जो उच्च महत्वकाँक्षाको कारण आफु त डुबे डुबे धेरैलाई डुबाएर ईतिहासमा कलंकको रुपमा आफ्नो नाम दर्ता गरे। 
अन्त्यमा , 
दुस्ख गरेर कमाएको रकम लगानी गर्दा प्रत्यक्ष नियामक भएको , सँस्थागत सुशाशन भएको, लगानिकर्ताप्रती उत्तरदायी कम्पनी रोज्नुहोस्। छोटो समयमै धेरै कमाउने सोच्दा लोभले लाभ अनि लाभले बिलापको अवस्था नआओस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर