पञ्चाय र राजतन्त्रभन्दा गणतन्त्र विकासको स्वर्ण काल –डीपी ढकाल

भक्तपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले गणतन्त्रकाल नै नेपालको समग्र विकासको स्वर्ण काल भएको बताउका छन् ।

नेपालमा इतिहास बनेका पञ्चायत काल र राजतन्त्रकालिन समयको तुलना गर्दा विकासका हरेक सूचकांकमा अहिलेको गणतन्त्रकाल अब्बल रहेको दावी गरे ।

नेपालको राजनीतिक तथा आर्थिक विकासक्रमको तुलनात्मक विवरणसमेत सामाजिक सञ्जालमा अघि सारेका ढकालले लेखेका छन्, ‘पछिल्लो तीस वर्ष र गणतन्त्रकालमा कति काम भएको रहेछ हेरौ। राजाहरुले सक्रिय नेतृत्व लिएर २०१७ साल देखि २०४६ सालसम्म ३० वर्ष देश चलाउदा कुल गार्हस्थ उत्पादन जिडिपि ३ खर्ब ६३ अर्ब रहेछ । संवैधानिक राजतन्त्र सहितको प्रजातान्त्रिक काल २०४७ देखि २०६३ सम्मको १६ वर्षमा जिडिप ६ खर्ब ४६ अर्ब पुग्यो । गणतन्त्रको २०६३ देखि यताको १६ बर्षमा जिडिपि ४७ खर्ब ३५ अर्ब बढेर ५३ खर्ब ८१ अर्ब पुगेको छ ।'

ढकालले पेश गरेको तालिका अर्थ मन्त्रालयको आर्थिक सर्बेक्षणमा आधारित रहेको बताएका छन् । ‘राजतन्त्रकाल, प्रजातान्त्रिककाल र गणतन्त्रकाल कुन ठिक रहेछ तथ्यमा हेरौ । बुझदै नबुझी बुरुक्क नउफ्रिनु नै जाती होला कि !’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर