नगरकोट जालपादेवी सडक स्तरोन्नतिः मुख्यमन्त्री कार्यालयले गर्यो अनुगमन

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका ६स्थित नगरकोट जालपादेवी क्षेत्रमा निर्माण भइरहेको सडक स्तोरोन्नतिको बागमती प्रदेश मुख्यमन्त्री कार्यालयले अनुगमन गरेको छ । 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहाकार भक्तपुरका स्थानीय माओवादी केन्द्रका नेता डीपी ढकालले निर्माणाधिन सडक स्तरोन्नति कार्यको अनुगमन गरेका हुन् । 

सो सडक स्तरोन्नतिका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य ढकालकै अगुवाईमा प्रदेश सरकारले २५ लाख विनियोजन गरेको थियो । 

अनुगमनका क्रममा सल्लाहाकार ढकालले स्तरोन्नतिको काम गुणस्तरीय तथा छिटो सम्पन्न गर्न सम्बद्ध पक्षलाई बागमती सरकारकै तर्फबाट आवश्यक निर्देशन दिएका छन् । 

अनुगमनका लागि पुगेका ढकालले भने, ‘आज चाँगुनारायण नगरपालिका ६ नगरकोट जालपादेवी सडक स्तरोन्नति अन्तर्गत सडक ढलान कार्यको शुभारम्भ भयो । यस आर्थिक वर्षमा यस सडकलार्इ बागमती प्रदेश सरकारले २५ लाख बिनियोजन गरेको छ ।’

नेता ढकाल भक्तपुरको विकासका लागि  विभिन्न आयोजनाहरुको स्रोत सुनिश्चित गर्ने र विकासका कामको अनुगमनसमेत गर्ने काममा सक्रिय छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर