स्वतन्त्र सांसद यादव जसपा प्रवेश

जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद अनिरूद्व प्रसादसिंह यादव जनता समााजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्।

बोदेवर्साइन नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका हुन् । सांसद यादवसँगै अन्य पार्टीका नेताहरू पनि जसपा प्रवेश गरेको सो पार्टीले जानकारी दिएको छ।

पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भई ९ हजार ९ सय ८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनका निटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गरेका थिए।

यससँगै मधेश प्रदेश सभामा जसपा नेपालका प्रदेश सभा सदस्य सङ्ख्या १९ पुगेको छ। 

यसअघि महोत्तरी २ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ ‘क’ बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर