• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

नरिवलको तेल छालाका लागि किन उत्तम छ ?  

काठमाडौं । नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ ।

यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ ।

घरमै डिप क्लिजिङ गर्न चाहनुहुन्छ भने पनि तरिवलको तेलको सहारा लिन सक्नुहुन्छ । यसका लागि बेकिङ सोडा र नरिवलको तेलको मिश्रण बनाउनुपर्छ ।

बेकिङ सोडामा एन्टिब्याट्रेरियल र एन्टिइन्फल्माटोरीको गुण हुन्छ, जसलाई डिप क्लिन्जरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

नरिवलको तेल अनुहारको रिङकल्स हटाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि नरिवलको तेलमा बेसार र दूध मिसाउनुपर्छ ।

दूधमा ल्याक्टिक एसिड हुन्छ, जसले स्किनलाई चम्किलो बनाउन सहयोग गर्छ । यस्तो मिश्रणको प्रयोगले रिङकल्स हटाउन ठूलो भूमिका निर्वाह गर्छ ।

चम्किलो छालाका लागि पनि नरिवलको तेलको सहारा लिन सक्नुहुन्छ, जसका लागि नरिवलको तेलमा भिटामिन ईको क्याप्सुल मिसाएर प्रयोग गर्न सक्नुहुन्छ ।

थुप्रै ब्युटी प्रडक्टमा भिटामिन ईको प्रयोग गरिएको हुन्छ । यस्तो मिश्रणलाई अनुहारमा लगाएर १० मिनेटसम्म छोडिदिनुहोस् ।

यसले तपाईंको स्किनलाई हाइड्रेट राख्छ । यसलाई रातको समय मास्कको रूपमा प्रयोग गरी अर्को दिन सफा गर्न सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर