• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

टीआरसी विधेयक सर्वसम्म बनाउन एमालेसँग सघन सम्वादमा माओवादी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक एमालेको सहमतिमा संसद्बाट पारित गर्ने कसरतमा छन् ।

बहुमत सांसदबाट पारित गर्न सक्ने अवस्था हुँदाहुँदै प्रधानमन्त्रीले एमालेको सहमतिमै टीआरसी विधेयक टुंग्याउन खोजेका हुन् । यसबारे दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच औपचारिक, अनौपचारिक संवाद चलिरहेको छ । प्रचण्डले एमालेसँग संवादको ढोका खुला राखेर टीआरसीमा सहमतिको विकल्प खोजिरहेका हुन् । 

सर्वसम्मत पारित गर्न सके पीडित पक्ष र अन्तर्राष्ट्रिय निकायबाट समर्थन हुने विश्वास उनको छ । त्यसैले उनले एमाले अध्यक्ष ओलीसँग सहमतिका लागि केही प्रस्तावसमेत अघि सारेका छन् ।

दुई नेताबीच सीमित उक्त प्रस्तावमा आगामी दिनमा सहकार्य, संसद्मा विचाराधीन निजामती सेवा, शिक्षालगायत विधेयकमा एमाले चासोलाई समेट्नेलगायत रहेको स्रोतको भनाइ छ । ‘लामो समयदेखि अड्किएको टीआरसी विधेयक प्रधानमन्त्रीले जसरी पनि टुंग्याउनुपर्नेछ,’ स्रोतले भन्यो, ‘त्यसैले एमालेसँग लेनदेन गरेर भए पनि सहमति खोज्ने पक्षमा हुनुहुन्छ ।’

आफू प्रधानमन्त्री भएका बेला संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सके माओवादी आन्दोलनमा भएका घटनाको वैधानिक रूपमा किनारा लाग्ने बाटो खुल्ने हुँदा उनी यसमै केन्द्रित छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा पनि सरकार र संसद् अनुकूल भएका बेला टीआरसी विधेयक टुंगोमा पुर्‍याउने पक्षमा छन् । दुवै नेतालाई एमालेको अडानले अप्ठ्यारो पारेको छ ।

एमालेका लागि टीआरसी विधेयक हिउँदे अधिवेशनमै टुंग्याउनुपर्ने हतारो देखिँदैन । उसले सत्ता गठबन्धनलाई गलाउने हतियारका रूपमा यसलाई लिएको छ । आगामी दिनमा माओवादीसँग सहकार्य हुन सक्ने भएकाले टीआरसी अघि बढाउन एमालेले सर्त राखेको छ ।  कान्तिपुरबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर