• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

अनिल शाहले पुरा गरे ओडीआईमा सतक

काठमाडौं । नेपाली राष्ट्रिय टिमका युवा ब्याटर अनिल शाहले ओडीआई क्रिकेटमा सतक प्रहार गरेका छन् । 

क्यानडा विरुद्ध आज भएको सेरिजको तेस्रो खेलमा अनिलले सतक पुरा गरेका हुन् । 

आज सोमबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अनिलले १ सय १६ बलमा शतक पूरा गरेका हुन् । क्यानडाविरुद्ध उनले ११ चौका र १ छक्कासहित शतक पूरा गरेका हुन् ।

नेपालबाट शतक पूरा गर्ने अनिल सातौं खेलाडी बने । उनी शतक प्रहार गर्ने दोस्रो विकेटकिपर हुन् । नेपालका लागि यसअघि रोहित पौडेल (१२६), पारस खड्का (११५), कुशल भुर्तेल (११५), आसिफ शेख (११०), कुशल मल्ल (१०८) र दीपेन्द्रसिंह ऐरी (१०५) ले शतक बनाएका थिए ।

क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल बलियो स्थितिमा छ । नेपालले ४०.३ ओभरमा २ सय १८ रन जोडेको छ । भीम ९७ रन जोड्दै क्रिजमा छन् ।

अनिलले आफूले सामना गरेको सुरुवाती ४ बलमा लगातार चौका प्रहार गरेका थिए । इनिङको दोस्रो ओभरमा उदय भगवानलाई आक्रमण गर्दै उनले आफ्नो लयलाई निरन्तरता दिएका थिए । उनले ५१ बलमा अर्धशतक पूरा गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर