मूर्ति विसर्जन गर्दा तनावः रौतहटको ईशनाथमा कर्फ्यु आदेश जारी

काठमाडौं । रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालय, रौतहटका अनुसार शनिबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी भएको हो। 

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गरेको विज्ञप्तिका अनुसार गत फागुन ३ गते सरस्वति मूर्ति विसर्जनको क्रममा भएको विवाद र झडपलाई लिएर आज फेरि झडपको स्थिति भएपछि कर्फ्यु जारी गरिएको हो। 

सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम र शान्ति भंग हुनसक्ने स्थिति देखिएपछि कर्फ्यु जारी गरिएको रेग्मीले बताए। 

ईशनाथको पूर्वमा जोकहा गाउँ, पश्मिमा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखाप एपीएफ बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकीसम्म कर्फ्यु जारी हुने प्रशासनले जानकारी गराएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर