मनाङमा हिमपहिरो, सडक अवरुद्ध 

मनाङ । आइतबार राति परेको हिमपातले सोमबार मनाङ ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा हिमपहिरो गएको छ। हिमपहिराले सडक अवरुद्ध हुँदा तल्लो मनाङ र माथिल्लो मनाङमा आवतजावत ठप्प भएको छ। 

ठुलो हिमपहिरो गएकाले उपकरण अभावमा सोमबार हिमपहिरो पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए। उनले भने, ‘‘आज पनि पहिरो पन्छाउने प्रयास जारी छ, जोखिमयुक्त भएको तथा पहिला पनि घटना घटेको भन्ने जानकारीमा आएकाले उच्च सतर्कताका साथ काम भइरहेको छ।’’ उनका अनुसार ढुकुरपोखरीमा गएको सो हिमपहिरो मस्र्याङ्दी नदीमा आइपुगेको छ।

ठुलो पहिरो गएकाले सडक अवरुद्ध रहेको मनाङ प्रहरीले जनाएको छ। डोजरले बिहानैदेखि पहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। ७५ देखि १०० मिटरसम्म लामो हिमपहिरो भएकाले समय धेरै लाग्ने सशस्त्र प्रहरी बलका डीएसपी उदयराज न्यौपानेले जानकारी दिए। 

मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ। हिमपहिरोले सडक अवरुद्ध भएपछि पर्यटक आवतजावतमा समस्या भएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर