कर्णाली पुलमाथि ट्रकमा आगो लाग्यो (भिडियाे)

सुर्खेत । कैलालीको लम्कि नगरपालिका चिसापानीस्थित कर्णालीको पुलमाथि एक सवारी साधनमा आगो लागेको छ ।

प्रज्वलनशील सामाग्रीहरु लाइटर, सलाइ लगायतका सामान बोकेर जाँदै गरेको ट्रकमा आगो लागेको प्रत्येक्षदर्शी सपना पाण्डेले बताएकी छन् । 

हिडिरहेको ट्रक पुल तर्दै गर्दा पुलको मुखैमा पुगेपछि एक्कासी आगो सल्किएको र सुरुमा निभाउन समेत खोजिएपनि सम्भव नभएको उनले बताईन । 

आगो लागेको आधा घण्टा पछि दमकल आएपनि निभाउन नसकेको उनले बताएकी छन् । ट्रकमा लागेको आगो पुलको लठ्ठामा सल्कदा पुलमा समेत क्षेती पुगेको देखिएको छ ।

घटनास्थलमा सुरक्षाकर्मी लगायत ठूलो संख्यामा सर्वसाधारण भेला भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर