‘ओपेनहाइमर’ लाई ओस्कार अवार्ड

काठमाडौँ । लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न ९६ औँ ओस्कार अवार्डमा क्रिस्टोफर नोलनले निर्देशन गरेको चलचित्र ‘ओपेनहाइमर’ ले उत्कृष्ट चलचित्रसहित कुल सात वटा अवार्ड हात पारेको छ ।

चलचित्रबाट किलियन मर्फी उत्कृष्ट अभिनेता, क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बने भने रोबर्ट डाउनी जुनियरले उत्कृष्ट सहायक अभिनेताको अवार्ड हात पारे । ओपेनहाइमरले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायाङ्कन विधामा पनि अवार्ड जितेको छ । चलचित्र कुल १३ विधामा मनोनयनमा परेको थियो ।

यस्तै चलचित्र ‘पुअर थिङ्स’ ले चार विधामा ओस्कार अवार्ड जितेको छ । चलचित्रकी अभिनेत्री एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन । बेस्ट एक्ट्रेसबाहेक पुअर थिङ्सले बेस्ट कस्ट्युम डिजाइन, प्रोडक्सन डिजाइन र मेकअप तथा हेयर स्टाइलिङ विधामा पनि ओस्कार जितेको छ ।

धेरै चर्चा बटुलेको चलचित्र ‘बार्बी’ ले भने एउटा मात्र अवार्ड हात पारेको छ । यसको गीत ‘ह्वाट वाज आई मेड फर’ बाट बिली इलिस र फिनिस ओ कोनेलले उत्कृष्ट मौलिक गीतका लागि अवार्ड जित्नुभयो । चलचित्र आठ विधामा मनोनयनमा परेको थियो । त्यस्तै अमेरिकन फिक्सन बेस्ट एडाप्टेड स्क्रिनप्लेका लागि अवार्ड पाउन सफल भयो । 

‘एन्टोमी अफ ए फल’ ले बेस्ट ओरिजिनल स्क्रिनप्ले, ‘अमेरिकन फिक्सन’ ले बेस्ट एडेप्टेड स्क्रिनप्ले, जापानी फेन्टासी चलचित्र ‘दी ब्वाइ एन्ड द हिरोन’ ले बेस्ट एनिमेटेड फिचर फिल्म, ‘गोडजिला मिनस वन’ ले ‘बेस्ट भिजुअल इफेक्ट्स अवार्ड जितेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर