ओली र हमालबीच आज सिनेमा सम्वाद

काठमाडौं ।  सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संवाद हुँदैछ । नेपाली सिने जगतका महानायक राजेश हमालले पूर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्न लागेका हुन् ।

सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संवाद हुन लागेको हो । सो संवाद राष्ट्रियसभा गृह, प्रदर्शनी मार्गमा बिहान ११ः३० बजेदेखि सुरू हुने आयोजकले जनाएका छन् । नेपालको इतिहासमा पहिलो पटक पूर्व प्रधानमन्त्रीसँग सिनेमा संवाद हुन लागेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर