तेह्रथुम फेदापमा आगलागी, १९ घर जले
विराटनगर । तेह्रथुमको फेदाप गाउँपालिका–१ मा जङ्गलको डढेलो गाउँ पस्दा कम्तीमा १९ वटा घर जलेका खरानी भएका छन् ।
तीन वटा टोलमा आगलागी भएको वडाअध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिए ।
मध्यान्हबाट शुरू भएको भीषण आगो पिप्ले, रातमाटेलगायतका क्षेत्रमा फैलिएको थियो । वडा अध्यक्ष श्रेष्ठका अनुसार अहिलेसम्म कुनै पनि मानवीय क्षति भने भएको छैन ।
तर आगो नियन्त्रणभन्दा बाहिर रहेको उनले जानकारी दिएका छन् । आगो निभाउनका लागि स्थानीय र प्रहरीले प्रयास गरिरहेका छन् ।
गाउँमा सडक साँघुरो भएकाले बारुण यन्त्र समेत जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
पानी अभावका कारण नियन्त्रणमा समस्या भएको वडा अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।
प्रतिकृया दिनुहोस