होलीमा अराजक हर्कत गर्ने १०२ जना पक्राउ

काठमाडौं । फागु पूर्णिमा (होली) पर्वका दिन आइतबार देशभरबाट एक सय २ जनालाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । 

जवरजस्ती रंग दल्ने, मादक पदार्थ सेवन गरी झैझगडा गर्ने र सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले जानकारी दिए ।

मापसे गरी सवारी सधान चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ७५ सवारी साधनलाई होल्ड गरिएको पनि प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै साढे ६ सय मोटरसाईलक, स्कुटर होल्ड गरिएको छ । १५ वटा सवारी साधान पनि होल्डमा परेका छन् ।  

त्यस्तै काठमाडौंबाट ७०, भक्तपुरबाट ४ र ललितपुरबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर