लगनगाँठो कस्दै चर्चित गायिका एलिना चौहान

काठमाडौं । चर्चित गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग लगनगाँठो कस्ने भउकी छन् । 

गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । एलिनाको स्थायी घर झापा हो ।

गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच त्यतिबेलादेखि नै प्रेम सम्बन्ध रहेको बताइन्छ । यसअघि यी दुईबीच प्रेमपछि ब्रेकअप भएको खबरलाई उनले अस्वीकार गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर