• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

राष्ट्रसंघबाट गाजामा युद्धविरामको प्रस्ताव पारित

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले सोमबार गाजामा रमजानको महिनाको लागि तत्काल युद्धविरामको लागि आह्वान गर्ने प्रस्ताव पारित गरेको छ । युद्ध अन्त्यका लागि गरिएका धेरै आव्हानविरुद्ध भिटो प्रयोग गर्दै आएकोमा पाँच महिनाको गतिरोधलाई तोड्दै संयुक्त राष्ट्रसंघले युद्धविरामको प्रस्ताव पारित गरेको हो ।

प्रस्तावको पक्षमा १४ मत खसेपछि प्रस्ताव पारित भएको छ । अमेरिका अनुपस्थीत भएर प्रस्ताव पारित गर्न अनुमति दिएको हो । मतदानपछि हलमा तालीको गडगडाहट सुनिएको थियो ।

अन्ततः सुरक्षा परिषदले आफ्नो जिम्मेवारी वहन गरेको संयुक्त राष्ट्र संघका लागि अल्जेरियाका राजदूत अमर बेन्डजामाले बताए । अल्जेरिया सुरक्षा परिषदका एकमात्र अरब सदस्य राष्ट्र हो । अन्ततः अन्तर्राष्ट्रिय समुदायको आव्हानलाई जवाफ दिएको उनले बताएका छन् ।

प्यालेस्टिनी उद्धारकर्ताहरू इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी लडाइँको बीचमा दक्षिणी गाजा पट्टीको खान युनिसमा इजरायली बमबारी पछि भग्नावशेष माथि ९तस्बिर महमुद ह्याम्सरएएफपी०
इजरायलले भने प्रस्ताव पारित गर्न अनुमति दिएकोमा अमेरिकाको आलोचना गरेको छ । अमेरिका आफ्नो अडानबाट पछाडि हटेको इजरायलको प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ । अमेरिकाको अनुपस्थीतिले युद्धका सन्दर्भमा भएका प्रयासका साथै बन्धकहरूलाई मुक्त गर्ने प्रयासलाई हानी गर्ने इजरायलको भनाई छ । इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ ।

इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अमेरिकाको अडानमा परिवर्तन आएपछि बेन्जामिन नेतान्याहुले यो निर्णय गरेको जनाएको छ ।उनले अमेरिकाको अडानमा परिवर्तन भए भ्रमण रद्द गर्ने धम्की दिएका थिए । प्रस्तावमा अमेरिकाले भिटो प्रयोग नगरेका कारण इजरायल आक्रोशित भएको हो ।

सोमबार भएको मतदानमा अमेरिकाले भाग लिएन । यो प्रस्ताव चीनले ल्याएको हो । तर, व्हाइट हाउसले मतदान प्रक्रियामा सहभागी नहुनु अमेरिकाको नीतिमा परिवर्तन नभएको बताएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले पनि अमेरिकाले आफ्नो निर्णयबारे इजरायलसँग कुरा गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर