टी २० श्रृङ्खलाः आज आयरल्याण्डविरुद्ध दोस्रो खेलमा भिड्दै नेपाल
काठमाडौं । टी २० श्रृङ्खला अन्तर्गत शनिबार नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल दिउँसो १ बजे शुरु हुनेछ ।
यसअघि हिजो भएको पहिलो खेलमा लोकश बमको सतकीय विस्फोटक ब्याटिङका बाबजुद नेपाल पराजित भएको थियो। सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको हो ।
जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो। नेपालका लागि लोकेश बमले बिस्फोटक ब्याटिङ गर्दै १०६ रनको सतकीय पारी खेले पनि जित दिलाउन सकेनन् ।
जितसँगै आयरल्याण्डले सिरिजमा १–० को अग्रता बनाएको छ।
प्रतिकृया दिनुहोस