दारु खाएर होहल्ला गरेपछि गायक राजेशपायल पक्राउ

काठमाडौँ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । 

गएराति काठमाडौँको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले बताएको छ ।

उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  

उनलाई बिहान २ बजे मदन भण्डारी कलेज नजिकबाट नियन्त्रणमा लिइएको हो ।

मदिरा सेवन गरी होहल्ला गरेकाले उनीसहित अन्य केही कलाकारलाई पनि नियन्त्रणमा लिइएको  छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर