किन काटियो मध्यरातमा बहुमूल्य बुद्धचित्तको रुख ?

काठमाडौं । काभ्रेको रोसीमा गएराति एक समूहले बुद्धचित्तको रुख काटेको छ। 

बिस्फोटक पदार्थसहित गएका १५, २० जनाको समूहले रोसी गाउँपालिका ५ नागबेली निवासी ठाकुरानी तामाङको बगैँचामा रहेको एउटा बहुमूल्य बुद्धचित्तको रुख काटेको हो। फूल फुल्दै गरेको बुद्धचित्तको रुख काटिएको प्रहरीले जनाएको छ।

तामाङको घरका ढोका र आँगनमा ४ वटा सकेट बम पनि फेला परेको छ। 

घटनास्थलमा बुद्धचित्तको बोट काटिएको र सोही घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको, नजिकै जनमुक्ति सेना लेखिएको ज्याकेट फेला परेको थियो ।

राति १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बुद्धचित्तको रुख काटेका घरमुली तामाङले बताएकी छन्। 

खबर पाएपछि राति अढाईबजे इलाका प्रहरी कार्यालय मंगलटारबाट गएको प्रहरी टोली अहिले पनि घटनास्थलमै रहेको डीएसपी श्रेष्ठले बताए। 

‘काटिएको बुद्धचित्तको बोटमा बहुमूल्य फल लाग्ने गरेको पीडित परिवारले बताएका छन्,’ डीएसपी श्रेष्ठले भने, ‘अरुको प्रगतिको डाह गर्नेहरुले रुख काटेको हुनसक्छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

रुख काट्नेहरुको पहिचान गरेर अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर