• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

वर्षको दोस्रो दिनः के छ तपाईंको राशिफलमा ?

मेष : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्ने छ। साँझमा भने कलहको योग भएकाले आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

भाग्यशाली रङ्ग निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले छलकपट नगर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ। रमणीय र सुखद् यात्राको योग छ। भौतिक सुख पनि मिल्नेछ। महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ तर अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।

भाग्यशाली रङ्ग हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

मिथुन : अध्ययन अध्यापन सफल रहेको छ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ्ग पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६४, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।  

कर्कट : आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। खानपिनमा सचेत रहनुहोला। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला तर। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्।

भाग्यशाली रङ्ग खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयरबजारमा ३०, वैदेशिक कार्यमा ४५ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्ने।

सिंह : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। समस्या दर्साउँदा सुखदुखमा साथ दिनेहरू भेटिनेछन्। बोलीको प्रभाव बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ्ग रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६५, सेयरबजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकलाई भोजन दिने। उत्तर दिशा नजाने।

कन्या : चिताएको कामले तीव्रता लिनेछ। विवेकको प्रयोग गर्न सके दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला तर प्राविधिक र वैदेशिक कामहरू भने रोकिन सक्छन्।  

भाग्यशाली रङ्ग गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

तुला : रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेमसम्बन्धका लागि श्रेष्ठ समय रहेको छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ।

भाग्यशाली रङ्ग सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङ्गको प्रयोग नगर्ने।   

वृश्चिक : काम बिगार्नेहरू सक्रिय रहन सक्छन्। सानातिना समस्यामा अल्झनुपर्नेछ। आलस्य तथा थकानको अनुभूति हुनेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित होला तर वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ्ग पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयरबजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

धनु : नयाँ जिम्मेवारी पाइएला। खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। व्यापारमाबाट लाभ प्राप्त हुने योग पनि छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ्ग खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५६, सेयरबजारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।  

मकर : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। उपहार प्राप्त होला। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय पनि छ।

भाग्यशाली रङ्ग सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयरबजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पनि दिने। खैरो रङ्गको प्रयोग नगर्ने। 

कुम्भ : अरुलाई प्रभावित पारेर काम बन्नेछ। आत्मबल बढ्ने र प्रेममा सम्बन्धमा माधुर्यता छाउनेछ। नयाँ कार्यको योजना बन्नेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ तर  स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ आकाशे र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयरबजारमा ६३, वैदेशिक कार्यमा ६५ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङ्गको प्रयोग नगर्ने।  

मीन : स्वास्थ्यमा समस्या आउनसक्छ। सचेत रहनु होला। मनमा दुबिधा उत्पन्न हुन सक्छ। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। जोशजाँगर र आत्मबलमा कमी आउनेछ। आर्थिक कारोबारमा विवाद आउनसक्छ।

भाग्यशाली रङ्ग रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४५, सेयरबजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। छलकपट नगर्ने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर