• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

बार्सिलोनालाई पिएसजीको रामधुलाई, एथ्लेटिकोलाई डर्टमण्डको

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको दोस्रो लेखबाट दुई स्पेनिस टिम बाहिरिएका छन् । गएराति सम्पन्न खेलमा बार्सिलोनालाई उसैको घर पुगेर फ्रान्सेली पिएसजीले रामधुलाई गर्यो । 

अघिल्लो लेखमा पिएसजीको घरमा पुगेर ३–२ को जित बनाएको बार्सिलोना आफ्नो घरमा निरिह देखियो । बार्सिलोना गएरातिको खेलमा ४–१ गोलले पराजित हुँदा समग्रमा ६–४ गोलले पछि पर्दै पिएसजीलाई अघिल्लो चरण प्रवेशको बाटो खोलिदियो । 

खेलमा अग्रता भने बार्सिलोनाले नै लिएको थियो । खेलको १२औं मिनेटमा राफिन्हाको गोलबाट बार्साले अग्रता लिएको थियो । तर खेलको २९औं मिनेटमा बार्साका भरपर्दा डिफेन्स रोनाल्ड अरौखो रातो कार्ड खादै मैदान छोड्न बाध्य भएपछि पूरा समय बार्सा १० खेलाडीमा सिमित भयो । 

यसको फाइदा पिएसजीर उठाउँदै बार्साकै पूर्व खेलाडी डेम्बेलेले ४०औं, भिथिन्हाले ५४औं तथा एम्बाप्पेले ६१औं (पेनाल्टी) र ८९औं मिनेटमा गोल गरे । 

उता अर्को स्पेनिस टिम एथ्लेटिको मड्रिड पनि लिगबाट बाहिरियो । बोरोसिया डर्टमण्ड विरुद्ध पहिलो लेगमा जित २–१ को जित निकालेको एथ्लेटिको दोस्रो लेखमा ४–२ को हारसँगै प्रतियोगिताबाट बाहिरिएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर