• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

साउदी अरबविरुद्ध फिल्डिङ गर्दै नेपालः करणले लिए दुई विकेट

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले साउदी अरबको सामना गर्दैछ । 

वर्षाको प्रभावले केही ढिलो भएको खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु भएको छ ।

पिच भिजेको कारण ढिलो सुरु हुन लागेको खेल ८ ओभरको हुनेछ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् ।
नेपालका करण केसीले पहिला बलिङ गर्दै दोस्रो बलमा नै सफलता दिलाएका छन् ।  यस्तै ओपनर करण केसीले नै तेस्रो ओभरको पहिलो बलमा अर्को सफलता दिलाएका छन् ।
साउदी २.१ ओभरमा २ विकेट गुमाउँदै २० रन बनाएर खेलिरहेको छ ।

नेपालले टोलीमा एक परिवर्तन पनि गरेको छ । सोमपाल कामीको स्थानमा प्रतिश जिसीले अवसर पाएका छन् ।

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा अघि बढिसकेको छ । साउदीलाई भने सेमिफाइनलमा पुग्न जित आवश्यक छ । अर्को खेलमा हङकङ र मलेसियाको नतिजाले पनि समीकरणमा प्रभाव पार्नेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर