• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

नेपालले पायो ७४ रनको लक्ष्य

काठमाडौं । आठ ओभरमा छोट्याईएको खेलमा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ। 

एसिसी प्रिमियर कपमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ जोड्यो।

साउदीका लागि अब्दुल वाहीदले सबैभन्दा बढि ३७ रन जोडे। उनले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा नेपालका करण केसी र अभिनास बोहराले समाज २–२ विकेट लिए। ललित राजवंशी र प्रतिश जिसीले १–१ विकेट हात पारे।

नेपालले अबको केहीबेरमा ब्याटिङ गर्नेछ ।

नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ। मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो।

१० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर