• २०८१ बैशाख १९ बुधबार
  • Wednesday, 1 May, 2024

गठबन्धन भित्र आपसमा आशंकाः हुन थाले गाेप्य भेटका यस्ता श्रृंखला 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच गोप्य भेट । एमाले अध्यक्ष केपी ओलीले आफ्नो विशेष दूतका रुपमा विष्णु रिमाललाई बुढानिलकण्ठ पठाए । ओली भेट्न कांग्रेस सभापति बालकोटमा पुगे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमै गोप्य भेटवार्ता । राष्ट्रपतिलाई भेट्न शीतल निवासमा प्रधानमन्त्री ।

पछिल्ला दिनमा यस्ता समाचारहरुको श्रृंखला बढ्न थालेको छ । जसले गठबन्धनमा रहेका दलहरुबीचको आशंका बढाएको छ । 

हुनतः राजनीतिक दलका शीर्ष नेताहरु कतिपय मुद्धाहरुमा भेटवार्ता गर्नुलाई अस्वभाविक रुपमा लिनुपर्ने अवस्था होइन । तर पनि नेपालको पछिल्लो राजनीतिक उतारचढावका कारण नयाँ केही पाक्दै छ कि भन्ने आशंका जन्मिएको हो । 

बुधबार साँझ गाल्फुटारस्थित कांग्रेसका एक नेताको घरमा  देउवा र नेपालबिच पौने एक घण्टा भेटवार्ता भएको हो । पार्टीको सचिवालय बैठकपछि अध्यक्ष नेपाल देउवासँगको भेटवार्ताका लागि गल्फुटार पुगेका हुन् । नेपाल पुगेको केही समयपछि देउवा आइपुगेका थिए । 

सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्ष लक्ष्मणकिशोर चौधरीलाई साथ दिएर एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई चुनौती दिएको थियो । यद्यपि आफूले मुख्यमन्त्री पाउने आश्वासन पाएपछि एकीकृत समाजवादीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको थियो । 

प्रदेश प्रमुख नाजिर मियाँले मंगलबार नाउपाका लक्ष्मणकिशोर र कैलाली चौधरी दुबैको दाबी अस्वीकृत गरिदिएका थिए । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई एमालेले स्वीकार नगर्ने संकेत गरेपछि नेपाल देउवालाई भेट्न पुगेका हुन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर