• २०८१ बैशाख १९ बुधबार
  • Wednesday, 1 May, 2024

रुसी सेनामा गएका युवाका आफन्तको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं । निषेधित क्षेत्र सिंहदरबारस्थित दक्षिण गेट अगाडि प्रदर्शन गर्दा बुधवार ११ जना पक्राउ परेका छन् । 

रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार र मृत्यु भएकाहरूको शव फिर्ता ल्याउन सरकारलाई दबाब दिँदै आफन्तहरूले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप परेको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ । 

सो क्रममा विभिन्न प्लेकार्ड बोकेर उनीहरूले नाराबाजी समेत गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर