• २०८१ बैशाख १९ बुधबार
  • Wednesday, 1 May, 2024

गठबन्धनमा रुष्ट नेपालः देउवा पछि भेटे भारतीय राजदूत !

File-Photo

काठमाडौं । वर्तमान सत्ता गठबन्धन भित्र असन्तुष्ट देखिएको एकीकृत समाजवादी पार्टीले विभिन्न पक्षसँगको भेट तिब्र बनाएको छ ।

सुदुरपश्चि प्रदेश सरकारका विषयमा भएको सहमति कार्यान्वयन गर्न नमानेको भन्दै समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता बढाएका छन् । 

उनले आज विहान प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँग भेट गरेका हुन्। देउवासँगको भेट लगत्तै नेता नेपालले भारतीय राजदूत नविन श्रीवास्तवसँग गोप्य भेटवार्ता गरेको समाजवादी पार्टीकै उच्च स्रोतको दावी छ । 

भेटबारे साे पार्टीले औपचारिक रुपमा भने खुुलाएको छैन ।

त्यसअघि नेता नेपालले कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गल्फुटारमा हिजो बुधबार साँझ भेटवार्ता गरेका थिए।

यसअघि फागुन २१ गते नयाँ गठबन्धन बनेको भोलिपल्ट माधव नेपाललाई भेट्न देउवा उनको निवासमै गएका थिए। बिरामी भएर स्वास्थ्यलाभ गरिरहेका नेपालसँग त्यतिबेला कांग्रेसहितको नयाँ समीकरण बनाउन देउवाले आग्रह गरेका थिए। 

प्रदेश सरकार गठन लगायतका विषयमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल गठबन्धनसँग रुष्ट छन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर