माथिल्लो अरुण जलविद्युत परियोजनामा विश्व बैंकको लगानी

संखुवासभाको उत्तरी भेगमा बनाउने भनिएको माथिल्लो अरुण जलविद्युत परियोजनामा विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने भएको छ । प्रस्तावित एक हजार ६३ मेगावटको अर्धजलाशययुक्त जलविद्युत परियोजनामा बैंक समूहले ऋण प्रदान गर्ने सहमति भएको बताइएको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त बैठकमा सहभागी हुन अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा विश्व बैंकका उच्च अधिकारीहरुले उक्त सहमति जनाएका हुन् । अर्थमन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच उक्त परियोजनासँगै विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित आयोजनाहरुबारे छलफल भएको थियो । 

माथिल्लो अरुण जलविद्युत परियोजनामा विश्व बैंकको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ७० प्रतिशत ऋण लगानी जुटाउने र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट वित्तीय व्यवस्थापन गर्ने तयारी रहेको जानकारी दिइएको छ । 

उक्त परियोजनाको निर्माण लागत अनुमान गर्न बाँकी छ । परियोजना क्षेत्र चीनसँगको सीमा नजिकै पर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर