• २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 3 May, 2024

ओलीको राजनीतिक प्रतिवेदन एकताका नाममा ध्रुवीकरण उचित हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता वा अन्य कुनै पनि नाममा राजनीतिक शक्तिहरुबीच ध्रुवीकरण उचित नहुने बताएका छन् ।

काठमाडौंमा शनिबार सुरु भएको पार्टीको प्रतिनिधि परिषदको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले कुनै पनि विचार या शक्तिलाई निषेध गर्ने गरी वामपन्थी एकता या समाजवादी ध्रुव निर्माण गर्नु व्यवहारिक नहुने बताएका हुन् ।

‘‘मुख्य प्रश्नहरुमा न्यूनतम समझदारीको खाँचो छ, अनि विचार मिल्नेहरु माझ सहकार्य आवश्यक छ । त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यवहारिक र लाभदायी हुँदैन’, ओलीले प्रतिवेदनमा भनेका छन् ।

अहिलेको सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरु क्रमशः एक ठाउँमा हुन सक्ने भन्दै उनले भनेका छन्, ‘तर आजका दिनमा भने सबै सकारात्मक शक्तिहरुलाई साथ लिएर अगाडि बढ्नु बढी महत्वपूर्ण छ ।’

ओलीद्वारा रास्वपालाई प्रियतावादी र कांग्रेसलाई परम्परावादी दक्षिपन्थी शक्तिको संज्ञा

दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति बिस्तार नयाँ र विवेचनाको विषय भएको अध्यक्ष ओलीको भनाइ छ । निर्वाचन परिणामकै कारण आज मुलुकले ठूलो मूल्य चुकाउनु परेको उल्लेख गर्दै राष्ट्र र जनताको पक्षमा काम गर्न एमालेले सकारात्मक शक्तिहरुलाई साथमा लिएर अघि बढ्न जरुरी रहेको ओलीको भनाइ छ ।

'निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रुपमा रहेका छन् । यस बीचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवसायिक क्षेत्रमा संकट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ,'ओलीले भनेका छन् । जनतामा देखिएको असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर