• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

डायनमिक पब्लिक पुस्तकालयले  युवा विकासमा उदाहरणीय भुमिका खेलेको छ: उपाध्यक्ष बस्नेत 

दमक। नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले डायनमिक पब्लिक पुस्तकालयले युवाको अध्ययन संस्कृति र नेतृत्व विकासमा उदाहरणीय भुमिका खेलेको वताएका छन्।  डिपिएलका संस्थापक भेषराज न्यौपानेसंग झापाको दमक स्थित डाइनमिक पब्लिक पुस्तकालयको मुख्यालय भ्रमणका क्रममा बस्नेतले सो धारणा राखेका हुन्।

झापा दमकवाट सन् २०१२ मा शुरु गरिएको डायनमिक पब्लिक पुस्तकालय अहिले देशका प्रमुख १० शहरमा फैलिएको छ। डिपिएलका संस्थापक भेषराज न्यौपाने यस अभियानका मुख्य अगुवा हुन्। न्यौपानेको अगुवाईमा चलाइएको अभियानले युवाहरुमा सकारात्मक उर्जा र उत्प्रेरणा दिने उपाध्यक्ष बस्नेतले वताए।

वि.स.२०६१ सालमा घरवाट नराम्री लडेर स्पाइनल इन्जुरीको शिकार भएका न्यौपाने पुस्तकले मानिसको जीवन वदल्न सक्छ भन्ने मान्यताका साथ यस अभियानमा लागे। न्यौपाने भन्छन्, 'यो केवल पस्तकालय मात्र हैन , यो युवा नेतृत्व र उद्यमशीलता विकासको एउटा अभियान हो।' 

डायनमिक पब्लिक लाइब्रेरीले देशका विभिन्न भागमा सार्वजनिक पुस्तकालयको माध्यमवाट युवा वहस, उद्यमशीलता तालिम , नेतृत्व विकास र सामाजिक जागरणका काम गर्दै आएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर