• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

विगतको भन्दा पृथक बजेट ल्याउँदैछौंः प्रधानन्त्री  

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्परागत भन्दा फरक हुने बताएका छन् ।

 ‘वैज्ञानिक, वस्तुवादी र जनमैत्री नीति तथा कार्यक्रम र बजेट बनाउदैछौं,’ प्रधानमन्त्रीले भने ‘ड्राफ्ट तयार भइसकेको छ ।’

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि महेन्द्रनगर जाने क्रममा आइतबार धनगढी विमानस्थलमा बोल्दै प्रधानमन्त्री दाहालले एमाले–माओवादीसहितको वर्तमान समीकरण पूरै अवधि टिक्ने दाबी गरे । 

वर्तमान सत्ता समीकरणको आयुलाई लिएर अहिले बजारमा चलिरहेका हल्लाको कुनै अर्थ नभएको बताए । उनले प्रदेशमा सरकारहरु गठनको क्रम अन्तिम चरणमा पुगेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर