कर्णालीमा विश्वासको मतः यस्तो छ अंकगणित

सुर्खेत । कर्णाली प्रदेशका नव नियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आउँदो बिहीबार विश्वासको मत लिने भएका छन् । 

मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने प्रयोजनका लागि आज संसद् सचिवालयमा पत्र दर्ता गराएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले झण्डै तीन हप्तापछि संसद्बाट विश्वासको मत लिन लागेका हुन् । कर्णालीको ४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनसँग स्पष्ट बहुमत छ । 

गठबन्धनसँग माओवादीका १३, सभामुख बाहेक एमालेका नौ र एकीकृत समाजवादीका एक गरी २३ जना सांसदको समर्थन छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर