झापा सवारी दुर्घटना अपडेटः मृतकको पहिचान खुल्यो 

विराटनगर । झापामा बोलेरो गाडी र मोटरसाइकल एकआपसमा जुध्दा मृत्यु हुनेहरुको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा कमल–४ बस्ने २५ वर्षीय मोटरसाइकल चालक मौसम राई, पछाडि सवार २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको हो । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको गाडी बुधबार बिहान करिब ५ः२० बजे पूर्वपश्चिम राजमार्ग अर्न्तगत शिवसताक्षी नगरपालिका ८ मा एक आपसमा जुध्दा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि विर्तामोडको विएण्डसी अस्पताल पुर्‍याएपछि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर