• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

इलाम र बझङमा मतदान सुरु, के छ अवस्था ?

काठमाडौं । उपनिर्वाचनका लागि इलाममा प्रतिनिधिसभा २ मा मतदान सुरु भएको छ ।

इलाम क्षेत्र –२ मा सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । 

शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न  सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका छन् । 

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार  ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

बझाङका (१) मा निर्धारित समय अनुसार आज बिहान ७ बजे मतदान सुरु भएको छ । उपनिर्वाचन ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताए ।

सो क्षेत्रको चुनावमा सात वटा पालिका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी हुने छन् ।

सात वटा पालिकामा जय पृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सूर्मा ५, छविसपाथिभरा ७, खप्तड छान्ना गाउँपालिकामा ७ वडा रहेका छन् ।

प्रहरी प्रमुख शाहले ६१ हजार ७४८ मतदाता रहेको सो क्षेत्रमा ६० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर