• २०८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024

इलाममा मतगणना स्थलमा तारजाली, ११ बजेबाट मतगणना गर्ने निर्णय

 इलामको मतगणना स्थलमा तारजाली लगाइएको छ।

इलाम क्षेत्र नम्बर २ मा शनिबार प्रतिनिधि सभा उपनिर्वाचन भएको थियो। 

मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइसकिएको छ। 

इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना गर्ने तयारी छ। मतगणनाका लागि यहाँ तारजाली लगाइएको छ।

सुरक्षित हिसाबले मतगणना गर्न विगतका निर्वाचनका बेला पनि मतगणना स्थलमा तारजाली लगाउने गरिएको थियो।

इलाम—२ को मतगणना आइतबार बिहान ११ बजेदेखि सुरू गर्ने तयारी छ।

उम्मेदवार, प्रतिनिधिहरूसहितको सर्वपक्षीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको थियो।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको थियो।

शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन्। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खसेको बताए।

इलामका ७९ मतदान स्थलका एक सय ४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइसकिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर