• २०८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024

वेस्ट इन्डिजविरुद्ध दोस्रो खेलमा नेपालको हार

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो टि२० खेलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १–१ को बराबरी गरेको हो ।

पाहुना टोलीले टस जितेर नेपाललाई दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रनमा समेटियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्का सहित ७१ रन बनाएपनि जित भने दिलाउन सकेनन् । पौडेल बाहेक नेपालका शीर्षक्रमका ब्याटरको प्रदर्शन आज पनि सम्झनालायक रहेन ।

वेस्ट इन्डिजका लागि ओबेद म्याककोय र गुडाकेश मोतीले समान २–२ विकेट लिए । यस्तै ओशेन थोमस र रोस्टन चेज १–१ विकेट लिन सफल भए ।  

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । यस्तै गुडाकेश मोती इनिङको अन्त्य तिर आक्रामक केहि आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्का सहित ३३ रनमा अविजित रहे । 
नेपालका लागि सागर ढकालले नेपालका लागि आफ्नो पहिलो ओभरमै दुई विकेट, कुशल भुर्तेलले २ तथा सोमपाल बामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।  

नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गर्दै लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाललाई स्थान दिएको थियो । विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, अभिनाश बोहोरा र ललित राजवंशी बेन्चमा थिए ।

५ शृंखलाको तेस्रो खेल बुधवार हुनेछ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर