इलाम अपडेटः सुहाङले डम्बरलाई उछिने 

विराटनगर । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा ४ वडाको गणना सक्दा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता लिएका छन् ।

फाकफोकथुम १, २, ३ र ४ नम्बर वडाको मतगणना सकिँदा एमालेका सुहाङ नेम्वाङले २ हजार ५४२ पाएका छन् भने काँग्रेस उम्मेदवार डम्बर खड्काको २ हजार १९७ मत पाएका छन् । डम्बरलाई सुहाङले ३४५ मतले पछाडि पारेका छन् ।

फाकफोकथुमको १, २ र ३ वडाको गणना गर्दासम्म डम्बर २८ मतले अगाडि थिए । ४ नम्बर वडाको गणना गर्दा सुहाङ अगाडि लागेका हुन् । पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ५९३ भोट ल्याउँदा रास्वपाका मिलन लिम्बू ३७९ भोटका साथ चौथो स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर