• २०८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024

इलाम अपडेटः सुहाङ २३ सय मतले अगाडि, घण्टी चाैथाे

विराटनगर । उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर–२ को मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले ७,६७७ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याइरहेका छन् । उनले ५,३९५ मत प्राप्त गरेका छन् ।

उनीहरूबीचको मतान्तर २,२८२ रहेको छ । पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन् । उनले ४,०५८ मत ल्याएका छन् । त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन् । उनले १,० ६२ मत ल्याएका छन् ।

एमाले, सुहाङ नेम्वाङ : ७६७७

कांग्रेस, डम्बरबहादुर खड्का : ५३९५

स्वतन्त्र, डकेन्द्रसिंह थेगिम : ४०५८

स्वतन्त्र पार्टी मिलनकुमार योङहाङ लिम्बु : ११६२

एमालेका सुहाङको २ हजार २८२ मतको अग्रता

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर