• २०८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024

आजको मौसमः हावाहुरीको सम्भावना

काठमाडौं । आज (सोमबार) देशका केही ठाउँमा वर्षा र अलि धेरै स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

यसैगरी आज दिउँसो लुम्बिनी, मधेस र कोसी प्रदेशका केही र बाँकी भूभागका थोरै स्थानमा हावाहुरी पनि आउने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मौसम महाशाखाकाा अनुसार राति पनि कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने  सम्भावना छ। अनि कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

साथै राति लुम्बिनी र कोसी प्रदेशका केही स्थान र बाँकी भूभागको थोरै स्थानमा हावाहुरी आउने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। 

महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर