बझाङमा कांग्रेसको अग्रता, ८ हजार मत गन्न बाँकी

काठमाडौँ । बझाङ प्रदेशसभा १ मा शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म २२ हजार २९६ सदर मत गणना सकिँदा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले झिनो अग्रता लिएका छन् । 
उनले ८ हजार ४०६ मत पाउँदा एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार १६५ मत पाएका छन् । 

बझाङमा अब करिब ८ हजार मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा ३० हजार ३२८ मत गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर