• २०८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024

आगामी बजेट युवालाई भरोसा जगाउने हुनुपर्छ- उपाध्यक्ष बस्नेत

 धुन्चे । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आगामी वजेटले युवाहरुलाई मुलुकभित्रै आशा र भरोसा जागृत गराउनुपर्ने वताएका छन्। बस्नेतले आगामी वजेट युवा उद्यमशीलतामैत्री हुनुपर्ने जिकिर गरेका छन्।

परिषदद्वारा र आमाछोदिङ्मो गाउंपालिकासंगको समन्वयमा आयोजना गरिएको सातदिने युवा उद्याशीलता र वित्तीय साक्षरता तालिमको समापनमा समारोहमा वोल्दै बस्नेतले सो धारणा राखेका हुन्। बस्नेतले युवा उद्यमशीलताका लागि सरकारले सहुलियतपुर्ण कर्जा सहज रुपमा उपलब्ध गराउनुपर्ने वताए।

उपाध्यक्ष बस्नेतले ' सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५' को प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। नीति वनेपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा युवाहरुले अपेक्षित लाभ लिन नसकेको वस्नेतले जनाए।

कार्यक्रममा आमाछोदिङ्मो गाउंपालिकाकी उपाध्यक्ष चण्डिका तामाङ्ले युवा पलायन रोक्न सरकारले युवा स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने वताइन्। राष्ट्रिय युवा परिषदका उपसचिव कर्णवहादुर कवरले युवाहरुलाई सहुलियपुर्ण कर्जा सहजिकरण र उद्यमशीलता प्रवर्धनका लागि परिषदले विभिन्न पालिकासंग समन्वय गरेर युवा लक्षित कार्यक्रम गर्दै आएको वताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर