• २०८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024

इलाममा सुहाङले १० हजार कटाउँदा घण्टीका मिलनको १५ सय पुगेन

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । 

पछिल्लो परिणामअनुसार सुहाङले १० हजार ३ मतसहित अग्रता लिँदा कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९४४ मतसहित पछ्याइरहेका छन् ।

सुहाङ र डम्बरबिच ३ हजार ५९ मतान्तर रहेको छ । 

त्यसैगरी स्वतन्त्र डकेन्द्र सिंह लिम्बु ५ हजार ५९१ मतसहित तेस्रो स्थान र रास्वपाका मिलन लिम्बु १ हजार ४४३ मत सहित चौथो स्थानमा रहेका छन् ।

अहिले इलामको माङ्सेबुङ गाउँपालिकाको मतगणना जारी छ ।

इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता थिए जसमध्ये ६९हजार २ सय ८७ मत खसेको थियो । जसमध्ये २४ हजार ७ सय ३८ मत गणना गरिएको छ । त्यस्तै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई सय ५८ ल्याएका छन् ।

अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा हृदयाघातले निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो भने कांग्रेसबाट खड्का दोहोर्‍याएर उठेका थिए । यहाँ १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । गठबन्धनविहीन नेम्वाङले ३० हजार २० मत पाएका थिए भने प्रतिद्वन्द्वी माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनका कांग्रेस उम्मेदवार खड्काले १९ हजार ६ मत पाएका थिए ।

यस पटक माओवादी एमालेतिर छ भने कांग्रेस एक्लै भिडेको छ । यहाँ समानुपातिकतर्फ एमालेले ३० हजार ६ सय ८१ मत पाउँदा कांग्रेसले २४ हजार ६ सय ८६ मत पाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर