• २०८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024

झलनाथ खनालको जिल्ला इलाममा नेकपा एसलाई जम्मा ४०८ मत

विराटनगर । इलाम–२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ । यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् ।

इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो । उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमाण्डर समेत तोकिएका थिए । तर चुनावमा जमानत जफत मात्र भएन लज्जास्पद नतिजा समेत आएको छ ।

त्यस्तै यस क्षेत्रमा राजसंस्थाको एजेण्डा लिएर हिंडिरहेको राप्रपालाई पनि जनताले अस्वीकार गरेका छन् । राप्रपाबाट उम्मेदवार बनेका लक्ष्मी गुरुङले केवल ४०४ मत मात्र पाएका छन् । यस क्षेत्रमा २०७९ को आम निर्वाचनमा राप्रपाले ५१० मत प्राप्त गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर