• २०८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024

च्याम्पियन्स लिगः बायर्न र रियलले खेले बराबरी

काठमाडौं । च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा सर्वाधिक विजेता रियल मड्रिड र जर्मन जायन्ट बायर्न म्युनिखले बराबरी खेलेका छन्। 

गएराति बायर्नको घरेलु मैदान आलियान्ज एरिनामा भएको सेमिफाइनलको पहिलो लेग २–२ को बराबरीमा सकिएको हो। 

रियलले खेलको अन्तिम समयमा पाएको पेनाल्टीलाई ब्राजिलियन युवा स्टार भिनिसियस जुनियर गोलमा परिणत गरेपछि रियल हारबाट बचेको थियो । 

त्यस अघि पहिलो हाफको २४ औँ मिनेटमा भिनिसियस जुनियरको गोलमा रियलले सुरुवाती अग्रता बनाए । 

पहिलो हाफमा १–० ले पछि परेको बायर्नले दोस्रो हाफमा दुई गोल फर्काउँदै खेलमा अग्रता बनाएको थियो। तर खेलको अन्तिम समयमा गोल फर्काउँदै रियलले खेललाई बराबरीमा पुर्याएको थियो। 

खेलको ५३ औँ मिनेटमा लिरोए सानेको गोलमा बायर्न खेलमा फर्किएको थियो। ५७ औँ मिनेटमा बायर्नले पेनाल्टी अवसर पायो। जुन अवसरलाई ह्यारी केनले खेर जान दिएनन्। रियलका लुकास भास्केजले बायर्नका जमाल मुसायालामाथि खराब फाउल गरेपछि बायर्नले पेनाल्टी मौका पाएको थियो। 

तर खेलको ८३ औँ मिनेटमा भिनिसियसले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। डिफेन्डर किम मिन जेले रोड्रिगोमाथि खराब फाउल गरेपछि रियलले पेनाल्टी मौका पायो। 

दोस्रो लेग रियलको घरेलु मैदानमा मंगलबार राति हुनेछ। बुधबार राति दोस्रो सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र बोरुसिया डर्टमुन्ड खेल्नेछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर