• २०८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024

नेपालले पायो २२८ रनको कठिन लक्ष

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० खेलमा नेपालले २२८ रनको कठिन लक्ष पाएको छ । नेपाली बलरसामू बलियो देखिएका वेष्ट इण्डिजका ब्याटरले निर्धारित २० ओभर खेल्दै जम्मा ३ विकेट गुमाएर २२७ रन जोडे । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले र सागर ढकालले एक, एक विकेट लिए । 

वेष्ट इण्डिजका जोनसन चाल्र्सले सेन्चुरी पुरा गर्दै ६१ बलमा ७ छक्का सहित ११९ रनको योगदान दिए ।

नेपालले आज कप्तान रोहितकुमार पौडेललाई बिश्राम दिएको छ । 

नियमित कप्तान बेञ्चमा रहेपछि आजको खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गरेका छन् । 

अघिल्ला खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आज विश्राम दिइएको छ । 

नेपालको प्लेइङ ११ः लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर