• २०८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024

सहकारी समस्या हल गर्न पूर्वन्यायाधीश गौतमको अध्यक्षतामा समिति गठन

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ ।

आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरेको हो ।

बैठकले वैशाख २८ गते शुक्रबार अपराह्न २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छ ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा दुईपक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि मण्डल गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको पनि जानकारी दिइन् ।

उनले दुईपक्षीय वार्ताको लागि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा परराष्ट्रका अधिकारीहरू सम्मिलित वार्ता टोली र प्रतिनिधि मण्डल गठन हुने बताइन् ।

मन्त्री शर्माले देशभर भएका आगलागीका घटनाहरूमा पनि गम्भीरतापूर्वक छलफल भएको बताइन् । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर आगलागीका घटनाको न्यूनीकरण गरेर जानुपर्ने भन्ने निर्णय भएको पनि उनले बताइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर